नयाँ सरकार
दलित समुदायविहीन ओली मन्त्रिपरिषद्
सोमबार, ३१ असार २०८१, १२ : २६
_WKfk0H0PYH.jpg)
काठमाडौँ । केपी शर्माओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् । सोमबार विस्तार भएको मन्त्रिपरिषद्मा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको दलित समुदायको उपस्थितिविहीन भएका छन् ।
एमालेबाट सचिव समेत रहेका छविलाल विश्वकर्मा र कांग्रेसका सहमहामन्त्री रहेका जीवन परियारलाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर अन्तिम समयमा आएर उनीहरुको नाम हटाइएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७५३ वटै पालिकामा स्थानीय युवा परिषद् गठन गर्न माग
-
अस्ट्रेलिया र इंग्ल्यान्डबिचको खेलमा भारतीय राष्ट्रिय गान बजेपछि...
-
अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
-
झापामा सुनचाँदी र नगद चोरी