सत्ता समीकरण
ओली सरकारसँग दुई तिहाइ बहुमत
सोमबार, ३१ असार २०८१, १४ : ४२
_6XRDkglczU.jpg)
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको साथ पाएका छन् ।
मन्त्रीपरिषद गठनकै क्रममा उनले केही साना दललाई समेट्दै आफ्नो पक्षमा दुई तिहाइ सांसद जुटाएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारमा नेपाली कांग्रेसका अतिरिक्त जसपा र लोसपालाई सामेल गराएका छन् । यसैगरी जनमत पार्टीलाई सत्ता गठबन्धनले मधेस सरकारको नेतृत्व दिएर आफ्नै पक्षमा राखेको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइ बहुमतका लागि कम्तीमा १८४ सांसदको समर्थन आवश्यक हुन्छ । अहिलेको गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेसका ८८, नेकपा एमालेका ७९, जसपाका ७, लोसपाका ४ सांसद छन् । यसैगरी जनमत पार्टीको ६ सांसद छन् । यी सबै दलको सांसद योग १८४ हुन्छ । यद्यपि सभामुख मत विभाजन प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा विधेयक लागि कांग्रेसले पहलकदमी लिने, महरलाई दिइयो जिम्मेवारी
-
कवाडी सङ्कलन गर्ने मजदुरलाई अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
-
ह्वाइट हाउसको प्रतिक्रिया : रुस र अमेरिकाबिच आर्थिक साझेदारी हुनसक्छ
-
विमानस्थलमा यात्रुमाथि दुर्व्यवहार गर्ने ३ जना प्रहरीमाथि कारबाही
-
‘चीन ट्रम्पभन्दा राम्रो पार्टनर हो’ भन्ने सन्देश लिएर मलेसिया पुगे सी
-
मधेस प्रदेशका पूर्व प्रमुखविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी