चितवन दुर्घटना : दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग

काठमाडौँ । त्रिशूलीमा बेपत्ता दुई वटा बस र यात्रुको खोजीमा सशस्त्र प्रहरीले अत्याधुनिक प्रविधिको प्रयोग गरेको छ । सोमबारदेखि त्रिशूलीमा दुई सय मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग गरेर खोज्न थालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
असार २८ मा दुई वटा डिलक्स बस भरतपुर नगरपालिकाको सिमलतालबाट त्रिशूलीमा खसेर बेपत्ता छन् । बस र यात्रुको खोजीमा सशस्त्र प्रहरीले उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिरहेको छ । उच्च प्रविधिको डिभाइस हलचोकस्थित सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट पठाइएको डीएसपी थापाले जानकारी दिए ।
उनले भने– ‘नेपालमा उपलब्ध मध्येमा उच्च स्तरको सोनार प्रविधि पानीमुनि साउन्ड वेभ पठाएर त्यहाँ रहेका भएका वस्तुहरूलाई स्क्यान गरेर आकृतिको रुपमा देखाउने प्रविधि हो ।’
सोनार प्रविधिले पानीभित्र दुई सय मिटर गहिराइमा जुनसुकै बस्तु भए पनि पत्ता लगाउने सशस्त्रका अधिकृतहरू बताउँछन् । मोटर बोटमा जडान गरेर सो प्रविधिमार्फत लामा दुरीका सम्पूर्ण वस्तुहरूको आकृति कम्प्युटरमा हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
-
पूर्वराजा ज्ञानेन्द्रप्रति प्रचण्डको टिप्पणी– हावालाई कमान्डर बनाएको छ, हेर बुद्धि !
-
गृहमन्त्रीले शुक्रबार राज्यव्यवस्था समितिमा तीनकुने घटनाबारे जानकारी गराउने
-
टोखाबाट चोरी भएको मोटरसाइकल भक्तपुरमा फेला
-
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड
-
भ्रमणबाट नेपाल र थाइल्याण्डबिचको आपसी सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री ओली