शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

दौरा सुरुवालमा ठाँटिएर शपथका लागि निस्किए प्रकाशमान

सोमबार, ३१ असार २०८१, १० : ५७
सोमबार, ३१ असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास मन्त्रीको शपथ लिन शीतल निवास गएका छन् । आफ्नो निवास चाक्सीबारीबाट शुभ साइत पारेर सिंह शपथका लागि निस्किएका हुन् । 

दौरा सुरुवालमा ठाँटिएका सिंह घरबाट निस्किँदा दायाँ बायाँ घडा राखिएको देखिन्छ । साथमा श्रीमती सिर्जना सिंहलाई लिएर सिंह शपथ ग्रहणमा निस्किएका छन् । आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएपछि मन्त्रीको शपथ हुनेछ । कांग्रेसबाट नेतृत्व गरेर सिंह ओली नेतृत्वको सरकारमा सहभागी हुँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप