कोपा–अमेरिका फाइनल : जब मेस्सीले आँशु खसाल्दै मैदान छाडे

काठमाडौँ । कोपा–अमेरिका फुटबल प्रतियोगिताको फाइनल खेलमा अर्जेन्टिना र कोलम्बिया भिडेका थिए । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक लियोनल मेस्सी आफ्नो कप्तानीमा फेरि एकपटक अर्जेन्टिनालाई उपाधि चुमाउने धुनमा थिए । अर्जेन्टिनाले अतिरिक्त समयमा उपाधि जिते पनि मेस्सीका लागि भने फाइनल खेल खल्लो बन्न पुग्यो ।
उनी घाइते भएका कारण मैदान छाड्न बाध्य बनेका थिए । खुट्टाको पुरनै समस्या बल्झिएपछि उनी निर्धारित समयको ६८औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
त्यसअघि पनि खेलका क्रममा उनको खुट्टामा समस्या देखिएको थियो । तर, सामान्य उपचारपछि उनले खेललाई निरन्तरता दिएका थिए । खुट्टाको पिडा बढ्दै गएपछि अन्ततः ६८औँ मिनेटमा उनी मैदान छाडन बाध्य भएका थिए ।
स्टार खेलाडी मेस्सीले खुट्टाको समस्या बल्झिएपछि आँशु खसाल्दै मैदान छाडेका थिए । उनले मैदान छाड्दै गर्दा रंगशालामा उपस्थित हजारौँ समर्थकले उनको हौसला बढाएका थिए । मैदानबाट बाहिरिएपछि उनलाई प्राथमिक स्वास्थ्य उपचार दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम निर्माणार्थ वृद्धाभत्तादेखि खुत्रुकेसम्म दान
-
प्रधानमन्त्री ओली मंगलबार सिरहा आउँदै, हजारौँ जनमास उतार्ने तयारी
-
आगामी बजेटमा १३ प्रतिशत भ्याटलाई घटाएर १० प्रतिशत कायम गर्न माग
-
अघोषित लोडसेडिङको मारमा कर्णाली, विद्युत् प्रणालीमा बारम्बार अवरोध
-
वन डढेलोमा संलग्नलाई बागमती सरकारले कारबाही गर्ने
-
युवामा रोजगारी सृजना अहिलेको मुख्य मुद्दा : गगन थापा