कोपा–अमेरिका फाइनल : खेल हेर्न नपाएका दर्शकको हस्तक्षेपका कारण खेल ७५ मिनेट ढिलो

काठमाडौँ । कोपा–अमेरिका फुटबलको अर्जेन्टिना र कोलम्बियाबिच जारी फाइनल खेलको निर्धारित समयको गोलरहित बराबरीमा सकिएको छ । दर्शकले होहल्ला गरेका कारण खेल निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको थियो ।
अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा खेल हेर्न टिकट नपाएका दर्शकले होहल्ला गरेका कारण खेल निर्धारित समयभन्दा एक घण्टा १५ मिनेट ढिलो सुरु भएको थियो । खेल हेर्न टिकट नपाएका दर्शकले रंगशालाको मुख्य गेटमा होहल्ला गरेका थिए ।
नेपाली समय अनुसार, खेल बिहान ०५ः४५ बजे सुरु हुनुपर्ने थियो । तर, आक्रोशित दर्शकको हस्तक्षेपका कारण खेल बिहान ०७ः०० बजे मात्र सुरु भएको थियो । आयोजकले टिकट नपाएका दर्शकलाई पनि खेल हेर्ने व्यवस्था मिलाएको थियो ।
होहल्ला गर्ने करिब १५ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको पनि समाचारमा जनाइएको छ । उनीहरूलाई रिहा गरिसकिएको बताइएको छ । आयोजकले सबै दर्शकलाई खेल हेर्ने व्यवस्था मिलाउन लामो समय रंगशालाको गेट खुला राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध