ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, दुई घाइते
सोमबार, ३१ असार २०८१, ०९ : २७

सुर्खेत । ट्याक्टर दुर्घटनामा परी सुर्खेतका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत चिङ्गाड गाउँपालिकाका २७ वर्षीय वीर परियार रहेका छन् । उनी ट्याक्टरका चालक हुन् ।
आइतबार बेलुका कालिकोटको रास्कोट नगरपालिका–५, आरसिपी बजार नजिकै फुकोट –तर्फ जाँदै गरेको भे २ त २६१२ नम्बरको ट्याक्टर सडकदेखि अन्दाजी एक सय मिटर तल खसेको थियो । प्रदेश ट्राफिक कार्यालयका अनुसार सवारी दुर्घटनामा चालक सहित तीन जना व्यक्ति घाइते भएका थिए ।
उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा चालक परियारको सोमबार बिहान मृत्यु भएको हो । घाइते हुनेमा कालिकोट रास्कोट नगरपालिका–५ का २२ वर्षीय प्रकाश तिरुवा, २२ वर्षीय नम सार्की रहेका छन् । उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा