यामालले तोडे पेलेको कीर्तिमान

म्युनिख । स्पेनका लागि आइतबार इंग्ल्यान्डविरुद्धको युरो २०२४ को फाइनल खेलमा लामिन यामालले ६६ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । आफ्नो १७ औँ जन्मदिन मनाएको एक दिनपछि यामाललाई ला रोजाको प्रारम्भिक ११ मा राखिएको थियो ।
योसँगै सन् १९५८ को विश्वकप फाइनलमा पेलेले बनाएको कीर्तिमान तोड्दै उनी अब प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। सन् १९५८ को विश्वकप फाइनल खेल्दा पेले १७ वर्ष २४९ दिन उमेरका थिए ।
युरोपियन च्याम्पियनसिप सुरु भएयता बार्सिलोनाका युवा खेलाडीले तोडेको यो पहिलो कीर्तिमान भने होइन । उनी आफ्नो टोलीको उद्घाटन खेलमा क्रोएसियाविरुद्ध खेल्दा युरोपियन च्याम्पियनसिप खेलमा सुरुवात गर्ने सबैभन्दा कान्छो खेलाडी बने। फ्रान्सविरुद्धको सेमिफाइनल जितमा गोल गर्दा उनी प्रतियोगिताको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाका राष्ट्रपति युनविरूद्धको महाभियोगको अन्तिम सुनुवाइ सुरु
-
सशस्त्र प्रहरी स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित पशुपतिमा खटिने
-
नेप्सेमा आज पनि पुनर्बीमा कम्पनीकै दबदबा, कारोबार रकम घट्यो
-
अन्तरिक्षमा यसरी प्यान्ट लगाउँछन् अन्तरिक्षयात्री
-
पाथीभरा केवलकार विवादमा गृह मन्त्रालयद्वारा फेरि वार्ता आह्वान
-
सरकारले संसद्मा बलमिच्याइँ गर्न खोज्यो : सांसद शर्मा