युनाइटेडद्वारा नेदरल्याण्ड्सका स्ट्राइकर जर्कजी अनुबन्ध

ओल्ड ट्राफोर्ड । म्यानचेस्टर युनाइटेडले बोलोग्ना र नेदरल्याण्ड्सका स्ट्राइकर योसुवा जर्कजीलाई ३६.५४ मिलियन पाउन्डको सम्झौतामा अनुबन्ध गरेको छ । २३ वर्षीय खेलाडीले ओल्ड ट्राफोर्डमा थप १२ महिनाको विकल्पको साथ पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन्।
जर्कजीको बोलोग्नामा ३३.६ मिलियन पाउन्डको रिलीज क्लज समावेश थियो । तर युनाइटेडले तीन वर्षको अवधिमा शुल्क तिर्नको लागि थोरै बढेको मूल्यमा सहमत हुन रोज्यो।
गत डिसेम्बरमा सर जिम र्याट्क्लिफले क्लबको २७.७% हिस्सेदारी खरिद गरेर सह-मालिक भएदेखि जर्कजी पहिलो अनुबन्धन हुन्। उनले गत सिजन ३७ खेलमा १२ गोल गरेका थिए । बोलोग्नाले यस सिजन च्याम्पियन्स लिगमा स्थान बनाएको थियो।
जिर्कजी २०१७ मा फेयेनुर्डबाट बायर्न म्युनिखमा पुगेका थिए । पाँच वर्षपछि पार्मा र एन्डरलेच्टसँग लोन स्पेलपछि उनी लगभग ७.१५ मिलियन पाउन्डमा बोलोग्ना स्थानान्तरण भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले नै पहिलोपल्ट सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाको नीति लिएको थियो : सभापति देउवा
-
मुलुकको विकास र समृद्धिमा श्रमिकहरूको योगदान अतुलनीय छ : उपराष्ट्रपति यादव
-
मजदुरमैत्री वातावरण बनाउन राज्य गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल
-
गरिमायुक्त श्रम सुनिश्चित गर्न सबै पक्षबिच सहकार्य आवश्यकता छ : सभामुख
-
२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट, ट्रम्प बाइडेनलाई दोष थोपर्दै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, आज कहाँ-कहाँ हुन्छ वर्षा ?