अनन्त अम्बानीले सलमान, शाहरुखसहित २५ जनालाई दिए २ लाख डलरको सुनजडित घडी

मुम्बई । भारतीय उद्योगी मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले लामो समयदेखिकी प्रेमिका राधिका मर्चेन्टसँग शनिबार विवाह गरेका छन्। अन्तर्राष्ट्रिय भीभीआईपी पाहुनासहित करोडौँ रुपैयाँ खर्चिएको यो विवाह अहिले पनि चर्चामा छ ।
विवाहमा राधिका मर्चेन्टले सुनले सजाइएको लेहेँगा लगाएकी थिइन् भने अनन्त अम्बानीको विवाहको पोसाकको मूल्य २१४ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । अहिले अनन्त अम्बानीले आफ्ना २५ जनाको दुलहाको टोलीलाई विवाहको दिन १.६७ करोड भारतीय रुपैयाँको लग्जरी घडी उपहार दिएको खबर सार्वजनिक भएको छ ।
दुलहाको टोलीमा शाहरुख खान, सलमान खान, रणवीर सिंह, वीर पहाडिया, सलमान खान, मीजान जाफरी, शिखर पहाडियालगायत थिए । सबैलाई अनन्त अम्बानीले एउटा लग्जरी घडी उपहार दिएका थिए।
अडेमार्स पीगे ब्रान्डको रोयल ओक पर्पेचुअल क्यालेन्डर प्रिमियर वाचको यो सीमित संस्करणको घडी १८ क्यारेट सुनबाट बनेको छ । जसको मूल्य २ लाख डलर अर्थात १।६७ करोड भारतीय रुपैयाँ पर्छ । दुलहाको टोलीले आफ्नो घडी देखाएको भिडियो पनि सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी कार्यालयमा पेन्सन नपाउने कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
-
अपाङ्गताको पेन्सन थाप्न १६ वर्ष बोल्न नसक्ने अभिनय
-
सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
-
रजत विजेता दावा नगदसहित सम्मानित
-
शिक्षकहरूका माग सम्बोधन गर्न नेता साउदको आग्रह
-
सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस