राजनीति
शेखर कोइराला पक्षले देउवालाई बुझायो चार मन्त्रीको नाम
आइतबार, ३० असार २०८१, २१ : ३३

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले चार जना मन्त्रीको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको छ । कोइराला पक्षले प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम सभापति देउवालाई बुझाएको हो ।
आजै बसेको कोइराला पक्षको बैठकले आफ्नो समूहबाट ४ जना मन्त्री चाहिने निष्कर्ष निकालेको थियो । तर देउवा भने चार जना मन्त्री दिन इच्छुक नरहेको बताइएको छ ।
त्यस्तै कांग्रेसले गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय गरेको छ । कांग्रेसले अरु मन्त्रीको टुंगो भोलि लगाउने श्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गेश थापाको कन्सर्टको टिकट आइएमई पे र खल्तीमार्फत किन्न मिल्ने
-
पत्रकार सुरेश रजकको अन्तिम बिदाइ, तस्बिरहरू
-
जल्दै गरेको अवस्थामा उद्धार गरिएकी किशोरीको मृत्यु
-
तीनकुने घटनामा संलग्न थप ७ जना पक्राउ
-
‘राज्यले पटक पटक धोका दियो, अब जितिन्छ कि बितिन्छ भन्दै आन्दोलनमा उत्रियौँ’
-
आरआर क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अदालतमा मुद्दा दायर