तनहुँमा खोलामा डुबेर दुईको मृत्यु
आइतबार, ३० असार २०८१, २१ : २३
तनहुँ । तनहुँमा खोलामा डुबेर दुईको मृत्यु भएको छ । व्यास नगरपालिका–५ साँगखोला र भानु नगरपालिका–६ चुँदीखोलामा डुबेर दुईको मृत्यु भएको प्रहरीले जनाएको हो ।
साँगेखोलामा डुबेर सोही वडाको बरबोटेका २० वर्षीय शिशिर कुमाल रहेका छन् । घरदेखि करिब एक किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरी दमौली अस्पताल पु¥याएकामा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।
यस्तै भानु नगरपालिका–६ लेङ्गाबारीमा चुँदीखोलाले बगाएर ४० वर्षीय निमबहादुर मस्राङ्गीको मृत्यु भएको छ । शनिबार नुहाउने क्रममा बगाएका उहाँको शव आज भानु नगरपालिका–५ पञ्चनगरस्थित खोला छेउमा भेटिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह
-
हिमालपारिबाट पालिकाको गुहार – शिक्षा प्रणाली बिग्रिन लाग्यो, शिक्षक फर्काइदेऊ
-
वीरगञ्जमा रिपोर्टिङ गर्न गएका दुई पत्रकार घाइते
-
कोलकातासामु निरीह बन्यो पञ्जाब, १११ रनमा अलआउट
-
करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का