उद्योगीले आफैँ काट्न थाले उद्योगको बिजुली

काठमाडौँ । नेपाल विद्युत प्राधिरकणसँग डेडिकेटेड लाइनको शुल्क विवाद गरिरहेका उद्योगीले आफैँ लाइन काट्न थालेको भन्दै विज्ञप्ति निकालेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उद्योगीहरुले प्राधिकरणले धरपकड थालेपछि स्वतःस्फूर्त रूपमा बिजुली कटौती गर्न थालिएको उल्लेख गरेका छन् ।
‘पीडित तथा प्रताडित उद्योगी समूह’को नाममा जारी विज्ञप्तिमा नेपाल विद्युत् प्राधिकरणले असार २५ र २६ गते ५ वटा उद्योगमा बिना कारण विद्युत् आपूर्ति बन्द गरेपछि आफूहरुले असार २७ गते नै विज्ञप्ति मार्फत उक्त कदमको विरोध गरेका गरेको उल्लेख छ ।
यस्तै, उक्त विज्ञप्ति मार्फत बिजुली कटौती गरिएका उद्योगमा निर्बाध रूपमा प्राधिकरणले बिजुली आपूर्ति नगरे बाँकी उद्योगमा आफैँ बिजुली आपूर्ति बन्द गर्ने जानकारी गराइएको उल्लेख छ ।
‘उक्त विज्ञप्ति पछि पनि प्राधिकरणले डेडीकेटेड तथा ट्रंकलाइन विवाद सम्बन्धमा अध्ययन गर्न गठन भएको सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस कार्यान्वयन गर्न अग्रसरता देखाउनु भन्दा पनि उद्योगीलाई तर्साउने र धम्काउने कामलाई निरन्तरता दियो’, विज्ञप्तिमा भनिएको छ, ‘उद्योगीलाई अतिरिक्त महसुल तिर्नुको आधार र कारण जानकारी गराउनु भन्दा पनि थप उद्योगमा विद्युत् आपूर्ति बन्द गर्यो । जसले गर्दा हामी पीडित तथा प्रताडित उद्योगी समूहले गत असार २७ गते जानकारी गराए अनुसार नै आज (असार ३० गते आइतबार) बाट स्वतःस्स्फूर्त क्रमशः सबै उद्योगमा बिजुली आपूर्ति कटौती गर्ने निर्णय गरेका छौँ ।’
तत्कालीन विद्युत् महसुल निर्धारण आयोगको तोकेका सर्त पुरा हुने गरी प्रमाण दिएको हदसम्म सबै महसुल चुक्ता गर्ने बारम्बार बताउँदा बताउँदै पनि देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने उद्योगमा बिजुली कटौती गर्ने कदमले आफूहरुको मनोबल कमजोर बनाएको विज्ञप्तिमा उल्लेख छ ।
हालको विवाद समाधान हुने बाटोमा नगएसम्म उद्योगले प्राधिकरणबाट बिजुली नलिने पनि विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा