त्रिवेणीमा भेटिएका थप दुई जनाको शवको सनाखत गरिँदै
_t3PyEBsrK7.jpg)
काठमाडौँ । पूर्वी नवलपरासीको त्रिवेणी गाउँपालिका स्थित गण्डक नहरमा दुई जनाको शव भेटिएको छ । ब्यारेज पुल स्थित गण्डक नहरमा दुई जना पुरुषको शव भेटिएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले रातोपाटीलाई बताए ।
दुईवटा शव चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट बेपत्ता दुईवटा डिलक्स बसमा सवार यात्रुको भएको आकलन गरिएको छ । शवको सनाखत र पुष्टि गर्ने प्रयास भइरहेको प्रजिअ पोखरेलले जानकारी दिए ।
शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा दुई वटा डिलक्स बस खसेका थिए । काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र एन्जल वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् ।
यसअघि बसमा सवार ६ जना यात्रुको शव फेला परेको थियो । भेटिएका मध्ये ३ जनाको शव आफन्तले बुझेका छन् । अहिलेसम्म सनाखत भएकाहरूमा विकाश परियार, रामकुमार माझी, ऋषिपाल शाह, जय प्रकश ठाकुर र सजाद अन्सारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल मोडेल’ बन्न जनप्रतिनिधिलाई प्रचण्डको सुझाव, विज्ञले के भने ?
-
रेड पाण्डाबारे लेखिएको 'नेपालमा हाब्रे' पुस्तक विमोचन
-
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ : अध्यक्ष ढकाल
-
राजेन्द्र महतोलाई ताप्लेजुङवासीले देखाए कालोझण्डा, समाज भाँड्न लागेको आरोप
-
बेलायत आएका एक विद्यार्थी तीन सातादेखि सम्पर्कविहीन
-
बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुवाआमाले अझै पाएनन् मृत्यु दर्ता प्रतिलिपि