बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

राष्ट्रिय नाचघरमा नाटक अनुत्तर मञ्चन हुँदै

आइतबार, ३० असार २०८१, १८ : ४७
आइतबार, ३० असार २०८१

काठमाडौँ ।  सद्भाव थिएटर, नेपालले यही साउन १ गतेदेखि ७ गतेसम्म नाटक अनुत्तर मञ्चनमा ल्याउने भएको छ ।  सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा हरेक साँझ ५:३० बजे र अतिरिक्त शो १:३० बजे हुने गरी मञ्चन हुनेछ ।

यो नाटकको लेखन तथा निर्देशन राम के.ए.सी.ले गरेका हुन् । यस नाटकको सह–निर्देशन सुशीला लक्ष्मी महर्जनको रहनेछ भने रङ्गकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहनेछ ।

‘पछिल्लो समय, आवाजविहीनहरूको आवाज सत्तालाई कर्कश: लाग्न थालेको महसुस सर्वसाधारणले गर्न थालेका छन्, जुन हामीले वास्तवमा भोगिरहेको देश र हाम्रो यथार्थ नै हो,’ आयोजकले भनेका छन्, ‘युवाहरू, यो देशमा सपना देख्न मनाही रहेको अनुभूति गर्दैछन् । अतः यहाँ सपनाद्रष्टाहरूले पटमूर्खको पगडी गुथ्नु पर्छ, कि त उनले मरुभूमिको यात्रा तय गर्नुपर्ने हुन्छ ।यो नाटक देश, जीवन र भविष्यसँगको मझधारमा धुल्मुलिएर आफैँ हराएका नागरिकता भिरेका अनागरिकहरूको सग्लो तस्बिर हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप