बागमती प्रदेशमा अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण
आइतबार, ३० असार २०८१, १८ : ४०

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बागमती प्रदेशसभाबाट पारित भई आएको अर्थसम्बन्धी दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्।
उनले प्रमाणीकरण गरेको विधयेकमध्ये आव २०८१/०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ रहेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।
ती दुई विधेयक प्रदेश प्रमुख शर्मासमक्ष प्रमाणीकरण गर्न प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षरगरी पठाएका थिए । दुवै विधेयक प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गर्नुभएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियन्त्रित भएर मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान
-
नेपाल र बेलायतमा मञ्चन हुँदै नाटक ‘भीमसेन थापा’
-
संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी : प्रधानमन्त्री
-
२०४६ को जनआन्दोलनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान महत्वपूर्ण : महत
-
सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार