शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय
सेयर बजारमा उत्साह

प्रचण्ड नेतृत्वको सरकार ढलेपछिको पहिलो कारोबारमा नेप्से ५२.९७ अङ्कले बढ्यो

७ अर्ब ६२ करोड बराबरको कारोबार
आइतबार, ३० असार २०८१, १५ : २६
आइतबार, ३० असार २०८१

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५२.९७ अङ्कले बढेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेपछिको पहिलो कारोबारमा सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको हो । 

शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेसँगै प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । जसअनुसार राष्ट्रपतिबाट नयाँ सरकार गठनको आह्वान भएसँगै प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त हुने निश्चित भइसकेको छ । यस्तै नयाँ अर्थमन्त्री एमालेका उपाध्यक्ष विष्णु पौडेल बन्ने पक्कापक्की भइसकेको छ । 

आइतबार नेप्से सूचक ५२.९७ अङ्कले बढेर २२५७.५९ विन्दुमा उक्लिँदा ७ अर्ब ६२ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 

उसो त आइतबार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ९.५९ अङ्कले बढेको छ ।  आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार हरियाली बनेको छ । सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक ३.७४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूकचक ३.३० प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक २.२१ प्रतिशतले र म्यानु एण्ड प्रो २.६६ प्रतिशतले र लाइफ इन्स्योरेन्स २.०५ प्रतिशतले बढेको छ । 

आज २०१ कम्पनीको सेयर मूल्य बढ्दा ३६ वटाको मात्र घटेको छ । बाँकी ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । 

रिडिपावर कम्पनी लिमिटेड र माण्डू हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले आइतबार समान १० प्रतिशतले कमाएका छन् भने बलेफी हाइड्रोपावर कम्पनीका सेयरधनीहरुले ५.१२ प्रतिशतले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप