चार दिनमा ६१ जना डेंगु सङ्क्रमित थपिए
आइतबार, ३० असार २०८१, १४ : ५०

काठमाडौँ । पछिल्लो चार दिनमा देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अघिल्लो साताको तुलनामा पछिल्लो चार दिनमा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।
ईडीसीडीका अनुसार देशका ७७ जिल्लामध्ये ७३ जिल्लाका गत जनवरीयता हालसम्म कुल १५ सय ४४ जनालाई डेंगु सङ्क्रमण देखिएको छ । अघिल्ला साता यो संख्या १४ सय ८३ जना थिए ।
जसमध्ये बागमती प्रदेशमा सबैभन्दा बढी ५३८ जनामा डेंगु देखिएको छ । यस्तै कर्णाली प्रदेशमा सबैभन्दा कम २१ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै, मधेस प्रदेशमा ३९ जना, कोशीमा ३७१ जना, गण्डकीमा २३० जना,सुदूरपश्चिममा १६४ जना र लुम्बिनीमा १८१ जनामा डेंगु सङ्क्रमण भएको ईडीसीडीको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लागत हिसाबले सबैभन्दा बढी काठमाडौँमा १८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ दिल्लीको एक ‘बदनाम’ गल्ली, जहाँ दैनिक सरदर २० हजार थान कण्डम खपत हुन्छ
-
रत्नकुमार बान्तवासँगको मेरो त्यो अन्तिम भेट
-
चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
प्रधानमन्त्रीले गरे पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन
-
तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरियो : कमल थापा
-
वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने जगमानको घोषणा