अनमोलले ‘फर्की फर्की’बाट तिरे साढे ७ लाख कर

काठमाडौंँ । अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’ अभिनयका लागि पाएको पारिश्रमिकबाट साढे ७ लाख रुपैयाँ कर तिरेका छन् । फिल्मका निर्माता रोहित अधिकारीले पारिश्रमिक र करको रसिद सहित यो जानकारी दिएका हुन् ।
फिल्म अभिनयका लागि अनमोलले ५० लाख पारिश्रमिक लिएको र शो बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) ७ लाख ५० हजार रुपैयाँ नेपाल सरकारले कर तिरेको रसिदमा देख्न सकिन्छ । गत जेठ १० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘फर्की फर्की’ मा अनमोलले ५० लाख लिएको चर्चा भएपनि पुष्टि हुने आधार केही सार्वजनिक भएको थिएन ।
त्यसैले अनमोलको पारिश्रमिलाई लिएर बजारमा विभिन्न गसिफ बन्न थालेका थिए । निर्माता अधिकारीले भने रसिद सार्वजनिक गर्दै अनमोलले ५० लाख पारिश्रमिक बुझेको पुष्टि गरेका छन् । ‘फर्कि फर्कि’ सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म हो ।
रोहित अधिकारीले ओम प्रकाश अग्रवालसँगको सहकार्यमा निर्माण गरेको यो फिल्ममा अनमोलको अलवा जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा
-
‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?
-
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै
-
कारागारका कैदीबन्दी घरेलु इलममा, मासिक १५ हजारसम्म कमाइ
-
यसरी म आजकै दिन जेलबाट छुटेको थिएँ