बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

हराएका २१ वटा दुईपाङ्ग्रे सवारी साधन भेटिए

आइतबार, ३० असार २०८१, १३ : ५५
आइतबार, ३० असार २०८१

काठमाडौँ । हराएका तथा चोरी भएका २१ वटा दुईपाङग्रे सवारी साधन भेटिएका छन् । भेटिएका ती सवारी साधन ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक विश्‍वराज खड्काले १३ वटा मोटरसाइकल र ८ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 
उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सिंहदरबार, कपन, रामहिटी गौशाला,नयाँबसपार्क, बालाजु, टोखा, मालिगाँउ, रानिवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालिमाटी, मैतिदेवी र चुनदेवी लगायतका विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । 

आज बुझाइएका २१ ओटा सहित ४१७ वटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको प्रहरी वरिष्‍ठ उपरीक्षक जीवन कुमार श्रेष्‍ठले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको हाल सम्म चोरीका ३२ ओटा २ पाङ्ग्रे सवारी साधन सहित संलग्न ४१ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप