‘ह्रस्व दीर्घ’मा रेखा थापाको पनि अभिनय रहने

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनेत्री रेखा थापाको पनि अभिनय रहने भएको छ ।
निर्माण पक्षले रेखाको छायाङ्कन समयको एक तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो । सार्वजनिक तस्बिरमा फिल्मका निर्देशक चन्द्र पन्त र अभिनेत्री तथा निर्मात्री निता ढुंगानाले रेखासँग छलफल गरिरहेको देख्न सकिन्छ ।
फिल्ममा रेखाको छोटो तर महत्त्वपूर्ण भूमिका रहेको निर्देशक पन्तले बताए । उनले रेखाको भूमिका अहिले खुलाउन नमिल्ने भन्दै उनले दर्शकका लागि रेखाको भूमिका सर्प्राइज हुने बताए । फिल्म असोजको ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । रेखाको यस अगाडि ‘उपहार’ रिलिज भएको थियो ।
निता फिल्मस्को ब्यानरमा निर्माण भइरहेको ‘ह्रस्व दीर्घ’मा नितासँगै हरिहर अधिकारी, दक्षिण भारतीय कलाकारहरू ब्रम्मानन्दम, अली, सुनिल बर्मा, कविर दुहानको अभिनय छ । यस्तै, बलिउड कलाकार प्रदीप राउतलाई पनि फिल्ममा देख्न सकिन्छ ।
फिल्ममा नेपाली कलाकार विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाल, सञ्चिता लुइँटेल, बुद्धि तामाङ, किरण केसी, रवीन्द्र झा लगायतको पनि अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वैशाख ७ गतेदेखि सडकमै खान्छौँ, सडकमै सुत्छौँ’
-
तीनकुने घटनाको असर : बल्खु क्षेत्रमा व्यापारीले लगाए सटर
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा
-
मधेस भगवान् राम र लक्ष्मणले ज्ञान आर्जन गरेको ठाउँ हो : प्रधानमन्त्री ओली
-
घरजग्गा कारोबार किन शिथिल ?
-
कांग्रेसका मुख्य भ्रातृ संस्थामा ‘टीके नेतृत्व’, निर्धारित समयमा महाधिवेशन नहुने निश्चित