शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

लिङ्कनदेखि ट्रम्पसम्म : अमेरिकामा हत्या प्रयासको रक्तरञ्जित इतिहास

आइतबार, ३० असार २०८१, १३ : ३२
आइतबार, ३० असार २०८१

वासिङ्टन डिसी । चुनावी र्‍यालीका क्रममा  अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नेपाली समयअनुसार आइतबार गोली हानेर हत्या गर्ने प्रयास भयो । गोली ट्रम्पको दाहिने कानलाई थोरै छेडेर गयो भने उनी भाग्यबस् बाँच्न सफल भए । अमेरिकामा राष्ट्रपति एवम् पूर्वराष्ट्रपतिको हत्या प्रयासको इतिहास लामो छ । 

अब्राहम लिङ्कन, जेम्स ए गेरफिल्ड, विलियम म्याक्किन्ले र जोन एफ केनेडी गरी चार जना राष्ट्रपतिको हत्या भयो । हत्या प्रयासमा बचेकाहरूको सूचीमा ट्रम्प समेत कयौँको नाम छ ।

अब्राहम लिङ्कन

सन् १८६५ को अप्रिल १४ मा वासिङ्टन डिसीस्थित फोर्डज थियटरमा अब्राहम लिङ्कनको हत्या भयो । लिङ्कनको हत्या अमेरिकाको राजनीतिक इतिहासमा सबैभन्दा चर्चित कथा मध्ये एक हो । लिङ्कनलाई जोन विल्क्स बुथ नाम गरेका व्यक्तिले मारेका थिए । उनी अभिनेता र काला अमेरिकीहरूलाई पनि मताधिकार दिइनु पर्छ भन्ने लिङ्कनको धारणाका समर्थक थिए । बूथले पेस्तोल हानेर लिङ्कनको हत्या गरेका थिए । गोली हानेपछि लुक्दै हिँडेका बुथ १२ दिनपछि भर्जिनियामा फेला परेका थिए । युनियन आर्मी सोल्जरले बुथको पनि त्यहीँ  गोली हानेर हत्या गरेका थिए ।

TELEMMGLPICT000374129486_17209302653800_trans_NvBQzQNjv4BqMQ1nOlcuLOwxlDSJLorrMvHruSI-QoJAaNYk-Mq1lsQ

जेम्स ए गेरफिल्ड

सन् १८८१ को जुलाई २ मा वासिङ्टन डिसीको रेल्वे स्टेशनमा जेम्स ए गेरफिल्डमाथि गोली लागेको थियो । गोली लाग्दा उनी ६ हप्ताका राष्ट्रपति थिए । उनको काँध र पिठ्युमा २ ओटा गोली लागेको थियो । गोली लागेको घाउमा सङ्क्रमण भएर ११ हप्तापछि उनको मृत्यु भएको थियो । उनी अमेरिकामा सबैभन्दा कम अवधि राष्ट्रपतिको कुर्सीमा बस्ने दोस्रो व्यक्ति थिए । आफूलाई फ्रान्सको राजदूत नबनाएको झोकमा गेरफिल्डलाई गोली हानेको उनको हत्यारा चार्ल्स जे गिटोले बताएका थिए ।

विलियम म्याक्किन्ले

सन् १९०१ को सेप्टेम्बर ६ मा न्यूयोर्कमा आयोजित एक मेलामा तत्कालीन रिपब्लिकन राष्ट्रपति विलियम म्याक्किन्लेको पेटमा गोली लागेको थियो र गोली लागेको ८  दिनपछि उनको मृत्यु भयो । उनलाई लिओन जोल्गोसले गोली हानेका थिए । यो घटना घटेको एक महिनापछि उनलाई मृत्युदन्ड दिइयो । म्याक्किन्लेको मृत्युपछि अमेरिकामा सत्तासीन राष्ट्रपतिलाई चौबिसै घण्टा सुरक्षा दिन सिक्रेट सर्भिसलाई निर्देशन दिइयो ।

जो एफ केनेडी

यो अमेरिकी इतिहासको सबैभन्दा चर्चित हत्या मध्ये एउटा हो । टेक्ससको डल्लासमा पत्नी ज्याकीको साथमा छाना नभएको कारमा सवार भएर गइरहेको समयमा केनेडीलाई लि हार्भे ओसल्डले गोली हानेका थिए । केनेडीको टाउको र पिठ्युँमा २ वटा गोली लागेको थियो । गोली लागेको एक घण्टापछि नजिकैको अस्पतालमा उनको मृत्यु भयो । ओसल्ड एक्लैले केनेडीको हत्या गरेको अनुसन्धानले देखाएको थियो । उनको हत्या बृहत्तर षड्यन्त्रको हिस्सा भएको अधिकांश अमेरिकीहरूको विश्वास रहेको एउटा जनमत सर्वेक्षणमा पाइएको थियो ।

TELEMMGLPICT000165382430_17209303367690_trans_NvBQzQNjv4BqwRSFqJ9kVHSP3XqrxCX_0E6XPq2-qWaEfl_BBWbrYfY

रोनल्ड रेगन

हत्या प्रयासमा घाइते बनेका रेगनपनि अमेरिकी पूर्व राष्ट्रपति हुन् । सन् १९८१ को मार्चमा वासिङ्टन डीसीमा एक होटल बाहिर रेगनमाथि जोन हिन्क्ले जुनियरले गोली चलाएका थिए । यो रेगनले कार्यभार सम्हालेलगत्तैको घटना हो । अभिनेता जोडी फोष्टरलाई ‘इम्प्रेस’ आफूले रेगनमाथि गोली चलाएको हिन्क्लेको भनाइ थियो । यस घटनामा रेगनका प्रेस सचिव जेम्स ब्रैडी उनीभन्दा धेरै गम्भीर घाइते भएका थिए ।  सन् १९८७ मा लुइजियानामा रिपब्लिकनहरूको महाधिवेशनमा पनि आफूलाई कसैले गोली हानेको रेगनले बताएका थिए । त्यति बेला बेलुन फुटेको थियो । तर रेगनले आफूलाई मार्न खोजेको तर आफू बचेको अभिव्यक्ति दिएका थिए ।

TELEMMGLPICT000108081276_17209307536650_trans_NvBQzQNjv4BqA7a2BP2KFPtZUOepzpZgXD1eGPrXhFtpeBW87m9bj0s

यो सूचीमा अन्य कयौँको नाम पनि छ । पूर्व राष्ट्रपति थिओडोर रुजवेल्ट सन् १९१२ मा फेरि राष्ट्रपति बन्ने चुनावी दौडमा थिए । मिलवाकीमा भाषण गर्न जाँदा एक सैलुन अपरेटरले उनलाई गोली हाने । तर उनी यो आक्रमणबाट बच्न सफल भए । गोली हानाहान भए पनि उनले भाषण दिए ।  सन् १९३३ मा फ्रैंकलिन डी. रुजवेल्टमाथि मियामीमा हमला भएको थियो । रुजवेल्टको मृत्युपछि राष्ट्रपति बनेका ह्यारी ट्रुमनलाई सन् १९५० मा पोर्टाे रिकन राष्ट्रवादीहरूले ह्वाइट हाउस अगाडि गोली हानेका थिए ।

सन् १९७२ मा अलाबामाका गभर्नर जर्ज वालेस, जो तेस्रो पटक राष्ट्रपतिको लागि प्रचार गरिरहेका थिए । यसक्रममा वाशिंगटन डिसी बाहिर उनलाई गोली हानियो । आक्रमणका कारण उनको कम्मरदेखि तलको हिस्सा पक्षाघात भयो । सन् १९७५ को सेप्टेम्बर मा क्यालिफोर्नियामा राष्ट्रपति गेराल्ड फोर्डमाथि दुई पटक आक्रमण भयो । तर, दुवै पटक उनी सकुशल भागे । सन्  २००५ मा जर्जियाको टिबिलिसीमा भाषण दिइरहेका बेलामा जर्ज डब्लु बुशमाथि पनि आक्रमण भएको थियो । यो घटनामा उनको स्टेजमा ग्रेनेड प्रहार भएको थियो । तर यस आक्रमणमा कसैलाई पनि चोटपटक लागेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप