आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिमलताल बस दुर्घटनामा परेकाहरूको खोजी कार्यलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

आइतबार, ३० असार २०८१, १३ : १९
आइतबार, ३० असार २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा अङ्गका प्रमुखसँग सिमलताल बस दुर्घटना पछि खोजी कार्यको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् । आइतबार बिहान प्रधानमन्त्री प्रचण्डले निजी निवास खुमलटारमा भेटेर सुरक्षा अङ्गका प्रमुखसँग बस दुर्घटनाको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन् । 

प्रधानमन्त्रीले सबै उपायहरूको अवलम्बन गरी खोजी कार्यलाई अझै तीव्रता दिन समेत सुरक्षा अङ्गका प्रमुखहरूलाई निर्देशन दिएका छन् । साथै उनले  सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्धारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद समेत व्यक्त गरेका  प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले सिमलताल लगायत  देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कर्मचारीतन्त्र र सुरक्षा निकायलाई अविचलित र अभिछिन्न रुपमा जनताको सेवामा लागि पर्न आग्रह समेत गरेका छन् ।

शुक्रबार काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ र वीरगन्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए ।

सो दुर्घटनामा दर्जनौ यात्रु बेपत्ता भएका छन् । बेपत्ता भएका मध्ये ५ जनाको शव फेला परेको छ ।  त्यस्तै कास्की लगायतका जिल्लामा पनि बाढी पहिरोमा परेर थुप्रै जनधनको क्षति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप