एफबीआईले सार्वजनिक गर्यो ट्रम्पलाई गोली हान्ने व्यक्तिको परिचय
आइतबार, ३० असार २०८१, १२ : ४१

वासिङ्टन डीसी । अमेरिकाको सङ्घीय अनुसन्धान विभाग (एफबीआई) ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली हान्ने व्यक्तिको पहिचान खुलाएको छ ।
एफबीआईका अनुसार ट्रम्पलाई मार्ने प्रयास गर्ने व्यक्ति २० वर्षका थोमस म्याथ्यू क्रुक्स हुन् । उनको पहिचान पुष्टि गर्न एफबीआईले डीएनए र बायोमेट्रिक्स परीक्षण गरिने बताएको छ ।
एफबीआईका अनुसार क्रुक्स पेन्सिलभेनियाको बेथेल पार्कका बासिन्दा हुन् । ट्रम्पको हत्याको प्रयास भएको ठाउँबाट यो ७० किलोमिटर जति टाढा छ ।
‘अनुसन्धान अझै जारी छ, अनुसन्धानमा सहयोग गर्न सक्ने जानकारी भएका जो कोहीले फोटो वा भिडियो अनलाइनबाट बुझाउन सक्नेछन्’ एफबीआईले आफ्नो विज्ञप्तिमा भनेको छ ।
ट्रम्पलाई चुनावी र्यालीमा गोली प्रहार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह