बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१० वटा उद्योगले पाए भारतबाट चिनी आयात गर्ने अनुमति

आइतबार, ३० असार २०८१, १२ : ३३
आइतबार, ३० असार २०८१

काठमाडौँ । नेपाल सरकार उद्योग विभागबाट अनुमति प्राप्त १० वटा उद्योगले भारतबाट चिनी आयातको अनुमति पाएका छन् । भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रुपमा आयात गर्न विभागमा दिएको आवेदन अनुसार १० वटा उद्योगले अनुमति पाएको हो । 

उद्योग विभागले एक सूचना जारी गर्दै नेपाल स्थित एग्रो थाई फुड्स प्रालि, ललितपुर, गुडलाइफ बेभरेज प्रालि, सोनापुर सुनसरी, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि दुहबी, सुनसरी, क्वालिटी फुड एन्ड स्न्यांक्स इण्डष्ट्रिज प्रालि दुहवी, सुनसरीलाई चिनी आयातको अनुमति प्रदान गरिएको हो । 

यसैगरी क्वालिटी कन्फेक्सनरी प्रालि दुहवी, सुनसरी, क्वालिटी डाइट एन्ड फुड प्रोइक्टस् प्रालि दुहवी सुनसरी, शिव डेरी एन्ड फुड इण्डट्रिज प्रालि विराटनगर मोरङ्ग, केआरएस भेन्चर्स प्रालि भद्रपुर, झापा र सुजल फुड्स प्रालि पोखरा, कास्कीलाई चिनी आयातको अनुमति प्रदान गरिएको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप