भोलिका लागि तय भएको त्रिभुवन विश्वविद्यालयको सभा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सभा स्थगित भएको छ। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले असार ३१ गतेका लागि त्रिवि सभा बोलाएको थियो । देशको राजनीतिक परिस्थितिका कारण त्रिवि सभा स्थगित गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ।
परिषद् बैठकले त्रिवि सभा गर्न प्रस्ताव गरेकोमा प्रधानमन्त्री तथा त्रिविका कुलपतिले असार ३१ गते सभा गर्न स्वीकृति प्रदान गरेका थिए। तर, हाल पुष्पकमल दाहाल प्रचण्डले संदसबाट विश्वासको मत पाउन नसकेपछि उनी काम चलाउको हैसियतमा पुगेका छन्।
राष्ट्रपति कार्यालयले आज केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछन। भने उनको शपथ भोलि हुनेछ।
जसका कारण त्रिवि सभा स्थगित गरिएको हो। देशको राजनीतिक परिस्थितिका कारण प्रधानमन्त्री तथा त्रिविका कुलपति एवम् सभाका अध्यक्षले उक्त बैठक स्थगित गर्न निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ
-
सूचना लुकाएको भन्दै काभ्रे बहुमुखी क्याम्पससँग राष्ट्रिय सूचना आयोगद्वारा लिखित जवाफ माग