अफगानिस्तानमा सडक दुर्घटना, ६ जनाको मृत्यु
आइतबार, ३० असार २०८१, १२ : २२

अफगानिस्तान । उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य ५ जना घाइते भएका छन् । प्रान्तको डान्ड घोरी जिल्लामा सो दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ।
शनिबार एक सैन्य गाडी यात्रु कारसँग ठोक्किदा घातक दुर्घटना भएको प्रहरीको भनाई छ ।
त्यसैगरी, प्रान्तको राजधानी पुल–ए–खुमरी सहरको हुसेनखैल क्षेत्रमा पनि शनिबार राति मोटरसाइकल र गाडी ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। अफगानिस्तानमा सडकको खराब अवस्था, लापरवाहीपूर्ण ड्राइभिङ, कठिन भौगोलिक अवस्था , तीव्र गतिलगायतका कारण सडक दुर्घटनाहरू सामान्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो पेट्रोल र डिजेलको मूल्य
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग
-
प्रधान सेनापतिद्वारा दुई पृतनाको निरीक्षण भ्रमण
-
१२ सयबाट ३२ सय विद्यार्थी पुर्याएर बिदा भए अध्यक्ष दंगाल