विभिन्न स्थानमा ९ जना मृतावस्थामा फेला
काठमाडौँ । प्रहरीले विभिन्न स्थानमा ९ जना मृतावस्थामा फेला परेको जानकारी गराएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २४ घण्टाको अवधिमा झापाको भद्रपुर नगरपालिका-३ ज्ञाने चोकस्थित चौतारामा सोही ठाउँ बस्ने ५० वर्षीय राजु भन्ने गणेश बहादुर खड्का शनिवार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका-७ बस्ने ६५ वर्षीय मोती भुल सोही ठाउँस्थित चोरी नदीमा शनिवार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका-७ गैरीस्थित नारायणी नदीमा सर्लाही बरहथवा नगरपालिका-३ बस्ने १९ वर्षीय रमित कसुर माझी र चितवन माडी नगरपालिका-१ बस्ने २२ वर्षीय विकास परियार शनिवार मृत अवस्थामा फेला परेका छन् ।
चितवन भरतपुर महानगरपालिका-२९ नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा बिहीबार बिहान पहिरोले २ वटा बस बगाएकोमा रमित कसुर काठमाडौँबाट गौर जाँदै गरेको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको बसमा र विकास वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको एन्जल लेखेको बागमती प्रदेश०३-००६ ख १५१६ नम्बरको बसमा सवार रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ बैशाखा सिविरस्थित स्याली नदीमा सोही नगरपालिका-१ तल्लो चौराह स्थित मामा घरमा बस्ने डडेल्धुरा परशुराम नगरपालिका-६ तातापानी घर भएकी महादेब नाथकी छोरी १४ वर्षीया पुष्पा नाथ शनिवार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० सुन्दरनगरस्थित केराबारीमा एक पुरुष शनिवार मृत अवस्थामा फेला परेका छन् ।
कास्कीको रूपा गाउँपालिका-२ स्थित मार्से खोलामा पनि सोही गाउँपालिका-१ देउपुर बेसीस्थित बहुउदेशीय कृषि तथा पशुपन्छी फर्ममा काम गरी बस्ने पोखरा महानगरपालिका-३ घर भएका ३२ वर्षीय सर्गम श्रेष्ठ शनिवार मृत अवस्थामा फेला परेका छन् ।
रौतहटको माधवनरायण नगरपालिका-४ मानपुर टोलमा अन्दाजी ३० वर्षीय पुरुष शनिवार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका-५ बकुलिया टोलस्थित सडक छेउको कुलोमा अन्दाजी ३० वर्षीय पुरुष शनिवार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सितलबजारस्थित त्रिशुली नदीमा अन्दाजी ५० वर्षीय पुरुष शनिवार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिट फिल्म ‘परदेशी २’ अब ओटीटीमा
-
बंगलादेशलाई हराउँदै भारतले उपाधि कुम्ल्यायो
-
रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा ल्याइयो
-
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
-
दरबारमार्गको लिक्विड लाउन्जमा युवकमाथि निर्घात कुटपिट, काभ्रेली समूहका ८ जना पक्राउ
-
महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख