शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

ट्रम्पमाथिको आक्रमणपछि प्रश्नको घेरामा सेक्रेट सर्भिस

आइतबार, ३० असार २०८१, १२ : ०८
आइतबार, ३० असार २०८१

वाशिङटन डीसी । चुनावी र्यालीमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमण भएपछि सुरक्षा व्यवस्थामा रहेको कमी कमजोरी उजागर भएको छ । केहीले सेक्रेट सर्भिस एजेन्सीमाथि प्रश्न गर्न थालेका छन् । ट्रम्प आफैँले भने सिक्रेट सर्भिस र कानून कार्यान्वयन गराउने अन्य एजेन्सीहरूलाई गोली प्रहारी भएलगत्तै देखाएको प्रतिक्रियाका लागि धन्यवाद दिएका थिए ।

तर यसले प्रश्नहरू मत्थर गराएको छैन । केहीले यसलाई सेक्रेट सर्भिसको पूर्ण असफलता भनेका छन् । अमेरिकाको तल्लो सदन प्रतिनिधि सभाका सभामुख माइक जोन्सनले यसबारे प्रतिनिधि सभाले पूर्ण अनुसन्धान गर्ने बताएका छन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा गरिएको एक पोस्टमा उनले अमेरिकी नागरिकहरूले सत्य थाहा पाउनै पर्ने भनेका छन् । सकेसम्म छिटै प्रतिनिधि सभाका समितिहरूसामु यस घटनाबारे सोधपुछका लागि सेक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलबमे साथसाथै डीएसएस र एफबीआई समेत एजेन्सीका उपर्युक्त अधिकारीहरूलाई बोलाइने उनले बताएका छन् ।

आक्रमणबारे प्रतिनिधि सभाको अनुगमन समितिलाई ब्रिफिङ गर्न सेक्रेट सर्भिसले पनि सहमति जनाएको छ । यस घटनाको मामिलामा ट्रम्पलाई उपलब्ध गराइँदै आएको सुरक्षाका केही पक्षबारे छानबिन हुने सेक्रेट सर्भिसको सेवानिवृत्त सुपरभाइजर बबी म्याक्डोनल्डले रोयटर्सलाई भनेका छन्  । यो घटना कसरी भयो अनि भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन सुरक्षा व्यवस्थालाई कसरी अझ राम्रो कसरी बनाउन सकिन्छ भनेर पनि हेरिने म्याक्डोनल्डले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप