बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बालकुमारीको अनधिकृत संरचना हटाइयो, तस्बिरहरू
फोटोफिचर

बालकुमारीको अनधिकृत संरचना हटाइयो, तस्बिरहरू

आइतबार, ३० असार २०८१

ललितपुर । ललितपुर महानगरपालिकाले आइतबार बालकुमारीमा रहेको अनधिकृत संरचना हटाएको छ ।  ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको नेतृत्वमा पुगेको टोलीले सो संरचना हटाएको हो ।

balkumari sukumbasi (1)

हाछेथुका अनुसार बागमती नदी छेउमा विगत २५ वर्षदेखि अनधिकृतरूपमा संरचना बनाएर मानिसहरू बस्दै आएका थिए । पछिल्लो समय सो क्षेत्रमा अनधिकृत संरचना बनाउने क्रम बढेपछि महानगरले एक्सन लिएको उनले बताए ।

balkumari sukumbasi (2)

महानगरले १० दिनअघि तीन दिनको समय दिएर सो क्षेत्र खाली गराउन पत्राचार गरेको थियो । तर, समय अपुग हुने भएपछि थप ७ दिनको समय दिएको थियो । सो समयसीमा सकिएसँगै आज महानगरको टोली त्यहाँ पुगेको हो ।

balkumari sukumbasi (3)

हाछेथुका अनुसार त्यहाँ ९ वटा घरटहरा रहेका थिए । त्यसमध्ये २ वटा घरटहराले सूचनापछि ठाउँ खाली गरिसकेका थिए । आज खाली नगरिएका ७ वटा घरटहरा हटाइएको उनले बताए । 

balkumari sukumbasi (4)balkumari sukumbasi (5)balkumari sukumbasi (6)balkumari sukumbasi (7)balkumari sukumbasi (8)balkumari sukumbasi (9)balkumari sukumbasi (10)balkumari sukumbasi (11)balkumari sukumbasi (12)balkumari sukumbasi (13)balkumari sukumbasi (14)balkumari sukumbasi (15)balkumari sukumbasi (16)

तस्बिरहरू / नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया