गाजामा इजरायली हमला, ९० जनाको मृत्यु
आइतबार, ३० असार २०८१, १० : ५८

रफाह । इजरायलले गाजामा गरेको आक्रमणमा कम्तिमा ९० जना प्यालेष्टाइनीहरूको मृत्यु भएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यसको जानकारी दिएको हो ।
यस घटनामा करीब ३ सय जना घाइते भएको बताइएको छ । इजरायली सेनाहरूले हमासका वरिष्ठ नेता मोहम्मद डिएफ र उनका डेपुटी राफा सलमालाई ताकेर सो आक्रमण गरेको थियो ।
शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आक्रमणपछि दुई मध्ये कोही जिवित छन् कि छैन भन्ने चाँहि स्पष्ट नभएको बताएका छन् ।
खान युनिस नजिक अल मावासी क्षेत्रमा सो आक्रमण भएको थियो । यो क्षेत्रलाई इजरायली सेनाले मानवीय क्षेत्रको रुपमा निर्धारण गरेको थियो । एक पत्रकार सम्मेलनमा नेतान्याहुले हमासका सबै वरिष्ठ नेताहरुको नामोनिशान मेटाउने कशम खाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ