ट्रम्पमाथिको आक्रमणबारे यस्तो छ गुप्तचर सेवाको बयान
पेन्सिल्भेनिया । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्यालीमा भएको गोलीकाण्डबारे त्यहाँको गुप्तचर सेवाले विज्ञप्ति जारी गरेको छ । आक्रमणकारीले ‘कार्यक्रम स्थलबाहिर एक उच्च स्थानबाट’ मञ्च तर्फ धेरै राउन्ड गोली प्रहार गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उसले (संदिग्ध आक्रमणकारी) दर्शकहरू मध्ये एक व्यक्तिको हत्या गरेको छ र दुई जनालाई गम्भीर रूपमा घाइते भएका छन्। एजेन्टहरूले आक्रमणकारीलाई घटनास्थलमै मारेका छन्।’
यस्तो छ पूर्ण विज्ञप्ति,
‘पूर्व राष्ट्रपति ट्रम्पको बटलर, पेन्सिल्भेनियामा १३ जुलाईको साँझ लगभग ६:१५ बजे चुनावी र्यालीको क्रममा, एक संदिग्ध शूटरले र्याली साइट बाहिर एक उच्च स्थानबाट मञ्च तर्फ धेरै गोली प्रहार गरेका छन् ।
अमेरिकी सिक्रेट सर्भिसका कर्मचारीहरूले आक्रमणकारीलाई असफल बनाएका छन्, जो अहिले मारिएका छन्। अमेरिकी सिक्रेट सर्भिसले तुरुन्तै सुरक्षात्मक उपायहरूको साथ प्रतिक्रिया जनायो । पूर्वराष्ट्रपति ट्रम्प सुरक्षित छन्।
घटनामा एक दर्शकको मृत्यु भयो, र दुई दर्शक गम्भीर घाइते भएका छन् । यो घटनाबारे हाल अनुसन्धान भइरहेको छ । सिक्रेट सर्भिसले एफबीआईलाई सूचित गरेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु