आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायाङ्कन सकियो

आइतबार, ३० असार २०८१, ०९ : ५८
आइतबार, ३० असार २०८१

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को पहिलो चरणको छायाङ्कन सकिएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायाङ्कन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पूरा गरिएको हो ।

गत जेठ २४ गतेबाट छायाङ्कन सुरु गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पुरा गरिएको र फिल्मको बाँकी छायाङ्कन काठमाडौँमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । दोस्रो सेड्यूलको छायाङ्कन दशपछि सुरु गरिने निर्माता विनोद पौडेलले जानकारी दिए।

फिल्मको पहिलो चरणको छायाङ्कन सकिएसँगै उत्साहित रहेको बताउँदै निर्माता पौडेलले आम दर्शकका लागि ‘पूर्ण बहादुरको सारङ्गी’ विशेष हुने बताए । ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ ।

यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । यस्तै यो फिल्मको बालकालकारमा  जान्भ पौडेल र स्वयम् केसीको अभिनय रहने छ ।

यस फिल्मलाई अन्तर्राष्ट्रिय रूपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

सोसल–ड्रामा जनरा रहेको फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । फिल्ममा उनी स्वयमको लेखन रहेको छ । यो फिल्म गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी कर्ता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् ।

फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहेको छ । फिल्मका गीतहरूमा प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको आवाज रहने छ । निर्माण टिमले फिल्मलाई २०८२ सालभित्र प्रदर्शन गर्ने लक्ष्य राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप