‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक लोकार्पण

पाटन । पूर्वउपसचिव धनविक्रम सिंहद्वारा लिखित ‘नेपालको लोकतन्त्रको यात्रा कतातिर ?’ पुस्तक लोकार्पण गरिएको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्राडा कुलप्रसाद कोइरालाले पुस्तकको लोकार्पण गरेका हुन् ।
पुस्तक विमोचन गर्दै पूर्वउपकूलपति कोइरालाले ८२ वर्षको उमेरमा पनि पुस्तक लेखेर पूर्वउपसचिव सिंहले समाजलाई अमूल्य र गहनशील विषय प्रस्तुत गर्नुभएको बताए । “लेखन शैली र पठन संस्कृतिले मानिसका कोशिकाहरूको पनि वृद्धि हुन्छ, पुस्तक लेख्नु भनेको जन्मिएको प्रमाण युगौँयुगसम्म पृथ्वीमा छोड्नु हो”, उनले भने ।
यस्तै, नेपाल सरकारका पूर्वसचिव शम्भु कोइरालाले मान्छेको आत्मसम्मानमा किताबले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै लेखनले शान्तिसमेत दिने धारणा राखे ।
सामाजिक व्यक्तित्व डा.ताराबहादुर कुँवरले लेखकसँग पारु किताब विमोचनका समयमा चिनजान भएको स्मरण गर्दै किताबको शक्तिले मानिसलाई समाजमा परिचित गराउने धारणा राखे । साहित्यकार तथा पत्रकार विनोद दाहालले लेखकको तेस्रो पुस्तकमा नेपालको राजनीति, आर्थिक, सामाजिक क्षेत्रका विषयवस्तु समेटिएको र यो सबैका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।
पुस्तकका लेखक धनविक्रम सिंहले आफूले श्री ५ को सरकार र नेपाल सरकारको सेवा गर्ने अवसर पाएको स्मरण गर्दै कोरोनाको बेलादेखि लेख्न थालेका कुराहरूलाई पुस्तकमा उतारिएको बताए ।
“सेवा गर्ने क्रममा धेरै जिल्लामा सेवा गर्न पाएँ, त्यसबाट धेरै कुरा सिकाइ र अनुभव पनि भयो । प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दासम्म भ्रष्टाचार, अधिनायकवादी चरित्र, संसद् भङ्गलगायत घटनाहरू पनि देखिँयो । हिजो दरबारको प्रभाव र दबाब हुन्थ्यो तर अहिले त्यो छैन, यी कुराहरुलाई पनि पुस्तकमा समेट्ने प्रयास गरेको छु”, उनले भने ।
नेपाल सरकारको उपसचिवबाट सेवा निवृत्त भएका सिंहले यसअघि अन्तर्निहित अन्र्तध्वनि, पारु सामाजिक उपन्यास प्रकाशित गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन