आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

भारतीय टोली पाकिस्तान नजाने खबर बीसीसीआई उपाध्यक्षले गरे खारेज

शनिबार, २९ असार २०८१, २१ : ५८
शनिबार, २९ असार २०८१

नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीमा भारत नजाने भन्ने खबरलाई अस्वीकार गरेका छन् । शुक्लाले शनिबार बीसीसीआई वा सरकारले यसबारे हालसम्म कुनै निर्णय नगरेको बताए ।

द प्रिन्टसँगको टेलिफोन कुराकानीमा शुक्लाले यस्तो बताएका हुन् । केही समाचारले अर्को वर्ष फेब्रुअरीमा सुरु हुने यस प्रतियोगितामा भारतीय टोली सहभागी नहुने दाबी गरेका थिए । साथै, बीसीसीआईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई भारतका खेलहरू तटस्थ स्थानमा राख्न आग्रह गरेको समाचारसमेत प्रकाशित भएका थिए ।

शुक्लाले ती समाचारलाई पनि अस्वीकार गरे । उनले भने, ‘यो जानकारी कुन स्रोतले दिएको हो मलाई थाहा छैन । बीसीसीआईले अहिलेसम्म आधिकारिक निर्णय दिएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप