बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जिम्बाब्वेमाथि शानदार जित हासिल गर्दै भारतलाई शृङ्खला

शनिबार, २९ असार २०८१, २१ : ०८
शनिबार, २९ असार २०८१

हरारे । टी–२० शृङ्खलाको चौथो खेलमा भारतले जिम्बाब्वेलाई १० विकेटले पराजित गरेको छ । यो जितसँगै टोलीले ५ खेलको शृङ्खला मा ३–१ ले कब्जा जमाउन सफल भएको छ ।

खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । जवाफमा भारतले कुनै विकेट नगुमाई १५.२ ओभरमा लक्ष्य पुरा गर्‍यो ।

भारतका ओपनरबिच अविजित १५६ रनको साझेदारी थियो । यशस्वी जैसवालले ५३ बलमा अविजित ९३ रन र शुभमन गिलले ३९ बलमा ५८ रन बनाए । यसअघि जिम्बाब्वेका लागि कप्तान सिकन्दर रजाले सर्वाधिक ४६ रन बनाएका थिए ।

उनका अलावा तदिवनासे मारुमणिले ३२ र भेस्ले माधवरेले २५ रनको योगदान दिए । जिम्बाब्वेका ओपनर तादिभानासे मारुमणि (३२) र वेस्ली माधवरे (२५) बिच ६३ रनको साझेदारी भएको थियो।

भारतका लागि खलिल अहमदले दुई विकेट लिए । शिवम दुबे, अभिषेक शर्मा, तुषार देशपाण्डे र वासिङ्टन सुन्दरले १–१ विकेट लिए । सिरिजको पाँचौँ खेल १४ जुलाईमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप