उपप्रधानमन्त्री श्रेष्ठद्वारा निवास र गाडी हस्तान्तरण
शनिबार, २९ असार २०८१, २० : ५३

काठमाडौँ। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गृह तथा परराष्ट्र मन्त्रालयमा हुँदा आफ्नो सुरक्षामा खटेका सुरक्षाकर्मीप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । शुक्रबार संसद्मा सरकारमाथिको विश्वासको प्रस्ताव पारित नभएपछि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई साँझ पुल्चोकस्थित मन्त्री निवासमा संक्षिप्त भेट र सम्बोधन गर्दै आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरेका हुन्।
उपप्रधानमन्त्री श्रेष्ठले शनिबार नै मन्त्री निवास छाडेका छन् भने गाडी समेत बुझाएका छन्। ‘काम कर्तव्यको आधारमा हामी फरक फरक जिम्मेवारीमा रहेता पनि, हाम्रो सम्बन्ध मानवतामा र समानतामा आधारित हुन्छ,’ सम्बोधनका क्रममा उनले भने, ‘हामी सबै दाजुभाइ, साथीभाइ र परिवार हौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा चिकित्सक सम्मेलन सुरु
-
इन्टरनेशनल डेमा ५० वटा देश झल्काउने स्टलहरू, तस्बिरहरू
-
१७ देशका ४९ चलचित्रसहित १३ औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु
-
स्वयम्भू महोत्सव सुरु, मेयर बालेनले गरे उद्घाटन (तस्बिरहरू)
-
स्थानीय पाठ्यक्रममा मातृभाषा समावेश नहुँदा चिन्ता
-
माघ मसान्तसम्म १८ करोड बराबरको यार्सागुम्बा निर्यात