मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई
शनिबार, २९ असार २०८१, १८ : ५७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ ।
पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।
सोही बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ । बैठकले पहिराका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएको दुईवटा बसको खोजी चुस्त बनाउन सरकारको ध्यानाकर्षणसमेत गराएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकहरूद्वारा पुनः आन्दोलनको चेतावनी
-
लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी छ : अर्थमन्त्री पौडेल
-
गुजरातको पटका कारखाना भएको विस्फोटमा मर्नेको संख्या १८ पुग्यो
-
कुलमान र हितेन्द्रको रिटमाथि सुनुवाइ जारी, ३४ मुद्दा 'हेर्न नभ्याइने'मा पठाइयो
-
सहकारी ठगीमा पक्राउ पुर्जीपछि फरार सांसदको बिदा संसदबाट स्वीकृत
-
राजाकै कारण हिन्दु सनातनी कमजोर