नारायणीमा दुई वटा शव फेला, शव सिमताल पहिरोमा बेपत्ता यात्रुको भएको आशंका

नवलपुर । नारायणी नदी किनारमा आज दिउँसो दुईवटा शव फेला परेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुईजना पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलकानुसार नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो ३ः३० बजेको समयमा शव फेला परेका हुन् ।
नदीले बगाएर ल्याएका अन्दाजी २५–३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक हस्तबहादुर सुनारको नेतृत्वमा खटेको पाँचजनाको टोलीले अर्को शव पनि फेला पारेको पौडेलले बताए ।
पहिलो शवभन्दा करिब १० फिटको दूरीमा करिब १८–२० वर्षको देखिने अर्का पुरुषको शव फेला परेको र दुवै शवको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।
शव चितवनको भरतपुर–२७ सिमलतालमा पहिराका कारण शुक्रबार बेपत्ता बसका यात्रु हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
-
दुबई पुगेका उपेन्द्रले भने- विभेदकारी राज्य ध्वस्त पार्न अन्तिम लडाइँ लड्नुपर्छ
-
कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती
-
नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनयन, क–कसले पाए महत्त्वपूर्ण जिम्मेवारी ?
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड