कविता: एउटा जङ्गलमा
-समर्पित प्रकाश
दुई वर्ष तीन महिना र सत्र दिन
एउटा जङ्गलमा बिताइ सकेपछि,
जहाँ सन्नाटा थिएन हरदम
यदाकदा गोरेटोमा भेटिन्थे
थरीथरीका जनावरहरु
डराउनु नपर्ने
नदेखेझैं तर्केर हिँड्थे ।
डढेलो थियो कि खै के ?
मुस्लो उडिरहन्थ्यो धुवाँको
दुई वर्ष तीन महिना र सत्र दिन
एउटा जङ्गलमा बिताइ सकेपछि,
जहाँ ठूला ठूला ओडारहरूमा
साना साना प्राणीको रोदन सुनिन्थ्यो ।
स्याँ स्याँ सुँ सुँ, घ्या घ्या घुँ घुँ
धेरै घट्टहरूको आवाज
सन्नाटा चिर्दै गुन्जन्थ्यो
रातमा जुनकीरीहरूले
न्याउले लगाउँथे चारैतिर ।
दुई वर्ष तीन महिना र सत्र दिन
एउटा जङ्गलमा बिताइ सकेपछि,
जहाँ, बुद्धत्व पाउन आएका
बुद्धहरु भेटिन्थे
भेटिन्थे भगवान खोज्दै हिँडेका
तीर्थालु व्रतालुहरू
कोही बाध्यताले
कोही रहरले
आएका सिपालुहरू
दुई वर्ष तीन महिना र सत्र दिन
एउटा जङ्गलमा बिताइ सकेपछि,
बल्ल थाहा भयो
यो त कङ्क्रिटको जङ्गल रहेछ
गुफा हैनन् घर पो थिए
बिजुलीका जुनकीरीहरु
घट्टरुपी गाडीमा सवार रहेछन्
जो जसलाई जनावर सोच्दथेँ
मान्छे रहेछन्, मान्छे रहेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण