७ जना मृत अवस्थामा फेला
शनिबार, २९ असार २०८१, १७ : ४०

काठमाडौँ । देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- कास्की, पोखरा महानगरपालिका-१६ कालिखोला बस्ने ७२ वर्षीय सार्की तामाङ सोही ठाउँ स्थित कालिखोलाको बगरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- भोजपुर, टेम्केमैयुम गाउँपालिका-९ छिकुवा बस्ने ४६ वर्षीया लिला राई आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- चितवन, भरतपुर महानगरपालिका-२८ गोलाघाट स्थित नारायणी नदीको किनारमा भारत बिहार सितामणी बर्गेनिया जमुनिया बस्ने २८ वर्षीय ऋषि पल साह शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- कपिलवस्तु, महाराजगंज नगरपालिका-३ जमुनी स्थित सडक छेउको नालीमा बुद्धभूमि नगरपालिका-१० धनकौली बस्ने ४२ वर्षीय प्रभु रैदास (चमार) शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- नुवाकोट, लिखु गाउँपालिका-५ पहरेखेत स्थित लिखु खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- उदयपुर, चौदण्डीगढी नगरपालिका-५ सिवाई स्थित त्रियुगा खोलाको बीचमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ शितलबजार स्थित त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँ बढ्यो, तोलामा २ लाख नजिक
-
न्यायाधीश नियुक्ति सधैँ विवादित : संसदीय सुनुवाइ अन्त्य कि न्याय परिषद्कै पुनर्संरचना ?
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा
-
न्यायाधीश नियुक्तिमा संसदीय सुनुवाइको औचित्य छैन
-
मिश्र परिवारको सुखद संयोग : बुवाले बारको अध्यक्षमा शपथ लिएको दुई दिनमै छोरी स्ववियु कोषाध्यक्षमा निर्वाचित
-
गण्डकीका सबै अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषद्को निर्णय