विधानसभा उपचुनाव मतगणना : १३ सिटमध्ये एकमा मात्रै भाजपा अगाडि
शनिबार, २९ असार २०८१, १३ : १६

नयाँ दिल्ली । सात राज्यका १३ विधानसभा सिटमा भएको उपचुनावपछि मतगणना जारी छ । निर्वाचन आयोगको वेबसाइटका अनुसार मतगणना सुरु भएको करिब ३ घण्टापछि भाजपा एक सिटमा अगाडि छ । यो सिट हिमाचल प्रदेशको हमीरपुर विधानसभा सिट हो।
यसबाहेक कांग्रेसले ५ र पश्चिम बंगालका सबै ४ सिटमा टीएमसी अगाडि छ । यसैगरी जेडीयू, आम आदमी पार्टी र डीएमके एक–एक सिटमा अगाडि छन् ।
विधानसभा उपचुनावका लागि मतगणना भइरहेको सिटमध्ये पश्चिम बंगालमा सबैभन्दा बढी ४ सिट छ भने हिमाचल प्रदेशमा ३ र उत्तराखण्डमा २ सिट छन् ।
यसबाहेक बिहार, तमिलनाडु, मध्य प्रदेश र पञ्जाबको एक-एक विधानसभा सिटका लागि शनिबार बिहान ८ बजेदेखि मतगणना जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आज अमेरिकी डलर, युरो, पाउण्ड, रियाल, दिराम र दिनारको मूल्य