बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सौगात र सुरक्षा उत्कृष्ट कलाकार, गीतकार बीबी थापालाई दीर्घ साधना सम्मान

शनिबार, २९ असार २०८१, १० : २५
शनिबार, २९ असार २०८१

काठमाडौँ । गीतसङ्गीत र फिल्म क्षेत्रका कलाकर्मीलाई एकसाथ अवार्ड प्रदान गरिएको छ । शुक्रबार साँझ सम्पन्न ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’को दोस्रो संस्करणमा कलाकर्मीले ३१ विधामा विभिन्न अवार्ड लिए । कार्यक्रममा सङ्गीतका २४ र फिल्मका ७ विधामा अवार्ड प्रदान गरिएको थियो ।

पूर्व उप–प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, वरिष्ठ चलचित्र अभिनेता कृष्ण मल्ललगायतले उपसिथ्ती रहेको कार्यक्रममा प्रतिष्ठित गीतकार बीबी थापालाई नगद रु २५,५५५ सहित दीर्घसाधना सम्मान प्रदान गरियो । सोही कार्यक्रममा पत्रकार गीता अधिकारीले ५,१०० सहित पत्रकारिता पुरस्कार प्राप्त गरिन् । 

अर्थप्रधान अनलाइन ‘अर्थपथ डटकम’का सञ्चालक तथा सम्पादक विष्णु तारुकेलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’, कलाकार पवन प्रसाद खतिवडा ‘राष्ट्रिय कलाकारिता सम्मान’, साहित्यकार सृजना अर्याल, समाजसेवी तथा कवि शोभित उप्रेती, गायक हिमाल श्रेष्ठ, कलाकार तथा टेलिसिरियलका निर्देशक नेत्र राउतले समेत कार्यक्रममा विभिन्न सम्मान प्राप्त गरे ।

कार्यक्रममा पूर्व उप–प्रधानमन्त्री पोखरेलले नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारको महत्त्वपूर्ण भूमिका रहँदै आएको बताए । ‘समाज रूपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुन्छ । नेपाली भाषा, धर्म र संस्कृति र पहिचान जोगाउनु आजको आवश्यकता हो,’ पोखरेलले भने, ‘म सम्पूर्ण कलाकर्मी साथीहरूलाई भन्न चाहन्छु– देशको रक्षा आज सबैभन्दा ठुलो कर्तव्य हो ।’

कार्यक्रम संयोजक सुरज पौडेल कला र कलाकर्मीको सम्मान र प्रोत्साहनका लागि अवार्ड गर्दै आएको बताए ।  सङ्गीतकार राजु सिंह, लोक गायक राजु परियार, पत्रकार अशेष अधिकारी कलाकार, चन्द्र लामा, गीतकार भीष्मराज फुलारा, मोडल उत्साह घिमिरे निर्णायक रहेको कार्यक्रममा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजन गरेको हो ।

रघुनाथ सापकोटा संचालक र प्रविन किराती कार्यक्रम निर्देशक रहेको कार्यक्रममा चलचित्र पत्रकार सङ्घका अध्यक्ष समिर बलामी, उपाध्यक्ष कुबेर गिरी, पूर्व अध्यक्ष शान्ती प्रिय, चलचित्र सङ्घका उपाध्यक्ष गोपाल काजी कायस्थ, गायक युवराज चौलागाई, निर्देशक नवल नेपाल, अभिनेत्री सुस्मा अधिकारी। फिलम निर्देशक लक्ष्मण सुवेदी, निर्माता श्रीधर पौडेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वेस्ट एरेन्जर (मोर्डन) मनोज चौलागाई, वेस्ट गायन पुरुष (मोर्डन) नविन कुमार पौडेल, वेस्ट गायन महिला (मोर्डन) नितु पौडेल, वेस्ट गायन पुरुष (लोकपप)  सरोज साजन श्रेष्ठ, वेस्ट लिरिक्स (मोर्डन) चाम्लिंग सुरेश राई, वेस्ट मोडल (पुरुष) माधव केसी, वेस्ट मोडल (महिला) आशा भुषाल, वेस्ट म्युजिक भिडियो निर्देशक सत्यराज चौलागाईं, वेस्ट म्युजिक भिडियो छायाँकार राहुल राई, रविन्द्र बराल, वेस्ट म्युजिक भिडियो सम्पादक राकेश दाहाल, वेस्ट मेकअप आर्टिस्ट राकेश रनपाल, वेस्ट मोडल महिला ( लोक) सजिना लामिछाने, वेस्ट पप गायन (महिला) प्रिती रिमाल, वेस्ट पप गायन (पुरुष) मुन थकाली, वेस्ट एरेन्जर (पप) जीवन बडू, वेस्ट मोडल लोक (पुरुष) सुमित जंग थापा, वेस्ट सङ्गीतकार (राष्ट्रिय गीत) बीपी वाग्ले, वेस्ट गायन (नयाँ प्रतिभा) आर के बिबश, वेस्ट मोडल (नयाँ प्रतिभा) बोन्दिता धामी, वेस्ट मिक्स मास्टर प्रकाश मिश्र, वेस्ट म्युजिक भिडियो मोडल (जोडी) जतिन ताम्राकार÷मल्लिका राजोपाध्याय, वेस्ट गायिका (लोक) जिस्केर मस्केर सरिता भारती, वेस्ट फिल्म

 डेसान ( द एपिडेमिक), वेस्ट फिल्म निर्देशक खिल बहादुर गुरुङ (मन्त्र) वेस्ट अभिनेत्री सुरक्षा पन्त (बहाव), वेस्ट सिनेम्याटोग्राफर सुशन प्रजापति (लाखे) वेस्ट स्क्रिनप्ले कमल÷आरुष जंग (डेसान) वेस्ट एडिटर मित्र डि. गुरुङ (मन्त्र), वेस्ट अभिनेता सौगात मल्ल (मन्त्र)ले प्राप्त गरे ।

त्यस्तै वेस्ट राष्ट्रिय फिल्म गोर्खा ब्रिनिथ द ब्रेभरी, वेस्ट टेलिचलचित्र निर्देशक दिवाकर भण्डारी (सापटे काका), वेस्ट नेगेटिभ क्यारेक्टर आर्टिस्ट सुगत कारजित, सुवास गुरुङ (गणेश), जुरी अवार्ड कल्चरल मुभीले प्राप्त गरे । 

bb thapa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप