स्पेनले यामाललाई फाइनलमा पुरै समय खेलाए ३० हजार युरो जरिवाना तिर्नुपर्ने
![स्पेनले यामाललाई फाइनलमा पुरै समय खेलाए ३० हजार युरो जरिवाना तिर्नुपर्ने](https://npcdn.ratopati.com/media/news/yamal_0eTOQbwO4X.jpg)
काठमाडौँ । युरो कप २०२४ को फाइनल खेल आइतबार हुने छ । उपाधिका लागि स्पेन र इङ्गल्यान्ड प्रतिस्पर्धामा हुने छन् ।
जारी युरोमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनिस खेलाडी लामिन यामाललाई यदि टिमले पुरै समय मैदानमा बिताउन लगाए जरिवानामा पर्ने छन् । १७ वर्षीय लामिन यामालले इङ्गल्यान्डविरुद्ध फाइनलमा पूरा ९० मिनेट खेलेमा जर्मनीको श्रम कानुनअनुसार ४३ लाख ७२ हजार रुपैयाँ तिर्नुपर्ने हुनसक्छ । जर्मनीको श्रम कानुनअनुसार नाबालकलाई काम लगाउँदा ३० हजार युरोको जरिवाना रहेको छ ।
यामालले युरो २०२४ को फाइनलमा इङ्गल्यान्डविरुद्ध खेल्ने एक दिनअघि (शनिबार) आफ्नो १७ औँ जन्मदिन मनाउँदै छन् । १६ वर्ष ३६२ दिनको उमेरमा यामालले यस हप्ताको सुरुमा फ्रान्सविरुद्ध म्युनिखमा भएको सेमिफाइनलको २१ औँ मिनेटमा गोल गर्दै युरोमा सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए ।
यमलको उत्कृष्ट प्रदर्शनका बाबजुद स्पेनका प्रशिक्षक लुइस डे ला फ्युएन्टेले उनलाई इङ्गल्यान्डविरुद्धको सम्पूर्ण समय खेल खेलाउन सक्ने छैनन् ।
जर्मनीको श्रम कानुनअनुसार १८ वर्ष मुनिका युवाले कुनै पनि दिन बेलुका ८ बजे (स्थानीय समय) पछि काम गर्न पाउँदैनन् । एथलीट (खेलाडी) हरूका लागि थोरै फाइदा छ, जसलाई ११ बजे म्म ‘काम’ गर्न अनुमति दिइन्छ ।
स्पेन र इङ्गल्यान्ड युरो २०२४ को फाइनल जुलाई १४ मा स्थानीय समय अनुसार राति ९ बजे सुरु हुनेछ । यस्तो अवस्थामा स्पेनले लामिनयामाललाई खेलाउन पहिलो ६० मिनेटको समय पाउनेछ ।
यसपछि पनि टोलीले लामिनयामाललाई मैदानबाट बाहिर नबोलाएमा जर्मन लेबर कानुन बमोजिम स्पेनिस फुटबल संघलाई ३० हजार युरो अर्थात् करिब ४३ लाख७२ हजार रुपैयाँ जरिवाना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’