संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणमा समर्पित गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ । काम चलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन् । दुई सय एघारौँ भानु जयन्तीको अवसरमा शुभकामना दिँदै उनले भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुसरण गर्नुपर्ने बताए ।
आजको दिनले आदिकवि भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित हाम्रो प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुसरण गर्दै संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु, उनले शुभकामना सन्देशमा भनेका छन् ।
भानु नगरपालिका–४ चुँदीरम्घामा १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको ८०० बढी विद्यालयमा नर्ससेवा, दुर्गममा किन टिक्दैनन् ?
-
शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'