बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

वेस्ट इन्डिजविरुद्ध इंग्ल्याण्डको शानदार जित

शनिबार, २९ असार २०८१, ०७ : ४०
शनिबार, २९ असार २०८१

 लर्डस । वेस्ट इन्डिजविरुद्धको लर्ड्समा भएको पहिलो टेस्ट इंग्ल्याण्डले एक इनिङ्स र ११४ रनले जितेको छ । इंग्ल्याण्डका लेजेण्ड जेम्स एन्डरसनको करियरको यो अन्तिम खेल पनि थियो ।

खेलको तेस्रो दिन शुक्रबार वेस्ट इन्डिजले आफ्नो अघिल्लो दिनको ७९ रनको स्कोरबाट अगाडि खेल्न सुरु गरेको थियो । तर पूरा टोली १३६ रनमा सिमित भयो । पहिलो इनिङ्समा इंग्ल्याण्डले २५० रनको अग्रता लिएको थियो । जसलाई वेस्ट इन्डिजले दोस्रो इनिङ्समा बनाउन सकेन र खेल गुमाएको थियो ।

लर्ड्स टेस्टमा डेब्यु गरेका गस एटकिन्सन खेलका नायक बने। उनले यो खेलमा १२ विकेट लिएका थिए ।

पहिलो दिन खेल सुरु हुनु अघि इंग्ल्याण्डका   कप्तान बेन स्टोक्सले टस जितेर बलिङ रोजे। पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको टोली ४१.४ ओभरमा १२१ रन बनाएर अलआउट भएको थियो । वेस्ट इन्डिजका लागि डेब्यु गर्दै आएका ओपनिङ ब्याट्सम्यान मिखाइल लुइसले सर्वाधिक २७ रन बनाए ।

384720

इंग्ल्याण्डका लागि डेब्यु खेल्दै गस एट्किन्सनले ७ विकेट लिए । वेस्ट इन्डिजका ६ खेलाडीले दोहोरो अंक छुन सकेनन् । २ खेलाडी शून्यको स्कोरमा प्याभिलियन फर्किए । 

पहिलो दिनको खेल समाप्त हुँदा इंग्ल्याण्डले ४० ओभरमा ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । पहिलो इनिङ्सको आधारमा इंग्ल्याण्डले ६८ रनको अग्रता लिएको थियो ।

खेलको दोस्रो दिन इंग्ल्याण्डले वेस्ट इन्डिजमाथि २५० रनको अग्रता लिएको थियो। दोस्रो दिनको खेल सकिएपछि दोस्रो इनिङ्स खेल्न आएको वेस्ट इन्डिजले ६ विकेट गुमाएर ७९ रन बनाएको थियो । टोली इंग्ल्यान्डभन्दा अझै १७१ रन पछाडि थियो ।

384714

दोस्रो दिनको बिहान इंग्ल्याण्डले आफ्नो पहिलो दिनको १८९ रनको स्कोर अगाडि खेल्न थालेको थियो र उसको पूरा इनिङ ३७१ रनमा अलआउट भयो। इंग्ल्याण्डका लागि जो रुट, ह्यारी ब्रुक र जेमी स्मिथले अर्धशतक बनाए । वेस्ट इन्डिजका लागि जेडेन सिल्सले सर्वाधिक ४ विकेट लिए । उनका अलावा गुडाकेश मोती र जेसन होल्डरले २–२ विकेट लिए ।

तेस्रो दिन वेस्ट इन्डिजले हिजोको स्कोरमा ५७ रन मात्र जोड्न सक्यो । एटिङ्सन र एन्डरसनको उत्कृष्ट बलिङसामु ब्याट्सम्यान टिक्न सकेनन् । वेस्ट इन्डिजका लागि डेब्यु खेल्ने मिखाइल लुइसले खेलमा सर्वाधिक रन बनाए । उनले दुवै इनिङ्समा संयुक्त ४१ रन बनाए । दोस्रो इनिङ्समा इङ्ल्यान्डका लागि एटिङ्कसनले सर्वाधिक ५ विकेट लिए । जेम्स एन्डरसनले ३ तथा कप्तान बेन स्टोक्सले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप