अन्तत: विवाह बन्धनमा बाँधिए अनन्त

मुम्बई । एसियाकै धनी व्यापारी मुकेश अम्बानीका कान्छो छोरा अनन्त राधिका मर्चेन्टसँग विवाह बन्धनमा बाँधिएका छन् । वरमालापछि शुक्रबार राति जियो वर्ल्ड सेन्टरमा विवाहको कार्यक्रम आयोजना गरिएको थियो ।
जन्ती शुक्रबार साँझ ४ः३० बजे एन्टिलियाबाट निस्किएको थियो र जियो वर्ल्ड सेन्टर पुगेको थियो । विवाह स्थलमा पुगेपछि प्रियंका चोपडा, शाहरुख खान, सलमान खान, रजनीकान्त, पहलवान जोन सीना, रणवीर सिंह, सञ्जय दत्त, जान्हवी कपूर र अर्जुन कपूर लगायत धेरै सेलेब्रिटी नाचेका थिए । कार्यक्रममा श्रेया घोषाल, सोनु निगम लगायत धेरै कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए ।
विवाहमा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, पूर्व यूपी मुख्यमन्त्री अखिलेश यादव, बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव र बंगालकी मुख्यमन्त्री ममता बनर्जीलगायत भारत र विदेशका २ हजारभन्दा बढी सेलिब्रेटी र नेताहरु सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लहानमा अब अनलाइनबाट नागरिकता सिफारिस
-
६ अर्बभन्दा बढीको लागतमा बन्दै पाँचतारे होटल बन्दीपुर हिल
-
माओवादीको रेकर्डमा ९५० महिला सहिद, को हुन् पहिलो सहिद धनमाया ?
-
सुडानमा सैन्य विमान दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु
-
सुनिताले मागेकी थिइन् गोविन्दासँग सम्बन्धविच्छेद ?
-
यही वर्ष सुरु हुने भयो रणवीर सिंहको डन–३