वडाध्यक्ष गुप्तासहित ६ जनालाई कैद फैसला

बारा । जिल्ला अदालत बाराले जीतपुरसिमरा उपमहानगरपालिका– ७ का वडा अध्यक्ष सुनिल गुप्तासहित ६ जनालाई एक महिनाको कैद फैसला सुनाएको छ । न्यायाधीश तारादेवि महर्जनको इजलासले शुक्रबार आपराधिक उपद्रव मुद्दामा वडा अध्यक्ष गुप्तासहित ६ जनालाई एक महिना कैद र जनही एक हजार जरिवाना सुनाएको हो ।
वडा अध्यक्ष गुप्ताले राजुराज गिरीको घर अगाडि डोजरले खनेर क्षति पुर्याएका थिए । गिरी स्थानीय तह निर्वाचनमा गुप्ताका निकटतम प्रतिस्पर्धी थिए । गिरीको तर्फबाट वादी नेपाल सरकार रहेको मुद्दामा वडा अध्यक्ष गुप्ता, नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता, कानु भनिने सुनिल साह, वडा अध्यक्षका दाइ अनिल गुप्ता, सुरेश राउत अहिर भनिने सुरेश यादव र वडा कार्यालयमा कार्यरत रामजी साह रहेका छन् ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २७५ (१) र (२) (ख) बमोजिमको कसुर गरेको ठहर बारा जिल्ला अदालतले फैसलामा सुनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
-
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म