ईसेवा मनि ट्रान्सफरले बम्पर उपहारमा ३ आना क्षेत्रफलमा बनेको घर दिने
काठमाडौँ । ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको मेरो डिजिटल देश अभियान अन्तर्गत विदेशबाट इसेवा वालेटमा पैसा पठाउँदा काठमाडैंमा जित्ने घर (बम्पर उपहार) सार्वजनिक गरेको छ । साथै २०८० असोज १ गतेबाट सुरु गरिएको यो योजना कार्तिक ३०, २०८१ सम्म थप गरिएको छ ।
ईसेवा मनि ट्रान्सफरले २ वर्ष अघि डिजिटल कारोबार प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ मेरो डिजिटल देश अभियानको सुरुवात गरेको थियो । नेपाल सरकारको “डिजिटल नेपाल” को अवधारणालाई मुर्त रुप दिन सहयोग गर्ने, परम्परागत शैलीको विप्रेषण कारोबार तथा नगद प्रकृतीको कारोबारलाई डिजिटलिकरणमा रुपान्तरणको निम्ती प्रोत्साहन गर्ने हेतुका साथ यो अभियान सुरु गरिएको बैंकको भनाइ छ ।
जस अन्तर्गत पूर्ण बहादुर श्रेष्ठ पहिलो वर्षको विजेता भई काठमाडौंमा घर जित्न सफल भएका थिए । यस अभियानले विदेशमा रहेका नेपालीहरुमा डिजिटल साक्षरता र सशक्तिकरणको प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको तथ्यलाई मध्यनजर गर्दै पुनः एक पटक ईसेवा मनि ट्रान्सफरले १० महिना अघि “मेरो डिजिटल देश” अभियानलाई निरन्तरता दिंदै फेरि पनि एकजना भाग्यशाली विजेतालाई काठमाडौंमा घर दिने घोषणा गरेको थियो, जस अन्तर्गत विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाउने एकजना भाग्यशाली विजेताले फेरि पनि काठमाडौंमा घर जित्न सक्नेछन् ।
कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई प्रदान गरिने घर सार्वजनिक गरेको छ । विदेशबाट आफुले इच्छाएको व्यक्तिको इसेवा वालेटमा रकम पठाउने व्यक्तिहरुमध्येबाट गोला प्रथाद्वारा एक जनालाई कम्पनीले ललितपुरमहानगरपालिका वडा नं ३ इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर बम्पर उपहार स्वरुप प्रदान गर्नेछ ।
साथै, यस अभियानप्रति नेपालीहरूको बढ्दो आकर्षण र उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना ४ महिनाको लागि थप गरी २०८१ कार्तिक ३० गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको हो । अभियान अवधिभर ईसेवा मनि ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउने व्यक्तिहरु यस बम्पर योजनामा स्वतः सहभागी हुन सक्नेछन् कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस