आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
चितवन दुर्घटना

५ सय सुरक्षाकर्मीले १५ घण्टा खोजी गर्दा पनि नतिजा शून्य

शुक्रबार, २८ असार २०८१, २१ : १२
शुक्रबार, २८ असार २०८१

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रवार बिहान ३ बजेर ३० मिनेटमा त्रिशूलीमा दुई वटा डिलक्स बस खसेका थिए । काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका हुन् । तर, १५ घण्टा खोजी गर्दा पनि बस र यात्रुको अवस्था पत्ता लागेको छैन ।

‘अहिलेसम्म नतिजा शून्य छ’ बागमती प्रदेशका डीआईजी विष्णु केसी भन्छन्– ‘घटनास्थलको दुई सय मिटरको दुरीलाई मुख्य केन्द्र बनाएर आज दिनभर खोजी गरेका थियौँ, खोजी भोलि बिहानैदेखि सुरु हुन्छ ।’

खोजी कार्यमा सेना र सशस्त्र प्रहरीका २८ जना गोताखोर परिचालन गरिएको छ । त्रिशुलको तीव्र बगेका कारण खोजीमा समस्या भएको डीआइजी केसीले बताए । नारायणगढ–मुग्लिन सडक खण्डमा ठुलो पहिरोले दुई वटा बस बगाएर त्रिशूलीमा लगेको खोजीमा संलग्न सुरक्षा अधिकृतहरू बताउँछन् ।

घटनास्थल नजिकै वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको एन्जल डिलक्सको पर्दा र बच्चाको ट्रयाकसुट भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।

एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको संख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ ।

गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए ।  दुई वटा बसमा सवार कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात छ । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन् ।

उनीहरू हुन्, रौतहटको देवाही गोनाहि नगरपालिका–१ घर भएका ३० वर्षीय नन्द दास, राजदेवी नगरपालिका–९ घर भएका ४५ वर्षीय जोगेश्वर राय यादव र गण्डमाई नगरपालिका–३ घर भएका २६ वर्षीय सुरज गुप्ता ।

दुर्घटनामा घाइते भएका उनीहरू मध्येका सुरज गुप्ता अस्पतालबाट डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए । उनी अहिले भरतपुर विमानस्थल नजिक आफन्तकोमा बसेका छन् ।

नन्द दास र जोगेश्वर राय यादवको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार रहेको बताइएको छ ।

 

बागमती प्रदेश–०३–००१ ख २४९५ मा सवार यात्रु :

१. नन्दुजी साथमा ५ जना

२. अमृता जी, साथमा २ जना

३. हरिशचन्द्र जी, सहित २ जना

४. शुम्भ, नवीन जीसहित ४ जना

५. राजु पटेल

६. नन्दन दास

७. प्रिन्स जैसवाल

८. सिकेन्द्र जी

९. वकिल खाँ

१०. ओम

११. राजकिशोर

१२. जोरपाटी काउन्टरबाट चढेका ५ जना

१३. शैलेन्द्र

१४. फिरोज, राहुप मियाँ

१५. राकेश जैसवाल, बस धनी

१६. सहचालक

१७. किशोर कुमार चौधरी, बस चालक

बागमती प्रदेश–०३–००६ ख १५१६ मा सवार यात्रु :

१ . अन्सारी जी समेत २ जना (भारत घर)

२. सन्तोष ठाकुर, भारत

३. सुरेन्द्र शाह, भारत

४. आदित मिया, भारत

५. सुनिल शाह, भारत

६. साहनबाज आलम, भारत

७. प्रकाश पटेल समेत दुई जना (वीरगन्ज–१४ पिपरा)

८. अरबिन्द्र दुवे, ठेगाना नखुलेको ।

९. हरिन्द्र पण्डित, ठेगाना नखुलेको ।

१०. सुजित जी सहित दुई जना (रामनगरी पर्सा)

११. परमानन्द जी, बारा मुसहर्वा

१२. हृदयनारायण राउत समेत ३ जना (पर्सा रंगपुर)

१३. सालिम मिया सहित दुई जना (रघुनाथपुर)

१४. रैजुल आलम समेत दुई जना (पर्सा कटिया)

१५. जवाहिर महतो, वीरगन्ज (बस चालक)

१६. राजेन्द्र केसी, डिलक्स साहु ।

१७. चौधरी थरका सह–चालक । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप